• 8:45 am

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०४:४७

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।

 

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

 

 

 

प्रतिकृया