• २१ भदौ २०८३, आइतबार
  • ३ः१६ दिउँसो

सुपर लिग​मा दुई खेल खेलिदैँ

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०८:५५

काठमाडौँ:  नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)मा आज दुईवटा खेल हुँदैछ ।

National Life

 

दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर-धनगढी एफसीबीच र दोस्रो खेलमा पोखरा थन्डर्स-बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।

Classic Tech Desktop

 

दुई टोलीबीचको पहिलो खेल दिउँसो साढे २ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

 

विराटनगर रञ्जित धिमालको कप्तानीमा मैदान उत्रनेछ भने किरण चेम्जोङको कप्तानीमा धनगढी मैदानमा हुनेछ ।यस्तै,  पोखरा अनिल गुरुङको कप्तानीमा  र लुम्बिनी विशाल श्रेष्ठको कप्तानीमा  मैदानमा उत्रनेछन् ।

 

हिजो भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं  रेजर्सले सुखद सुरुवात गरेको छ ।

 

प्रतिकृया