• ११ असोज २०८३, आइतबार
  • २ः३७ दिउँसो

दक्षिण कोरियामा रोजगारी स् सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ०७:५०

दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ ।

National Life

 

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली ९ईपीएस० शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

एचआरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो ।ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले यो पटक एचआरडीले सङ्ख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए ।

 

उनले भने, अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने सङ्ख्या भनिएको छ, त्यसैले हामी पनि द्विविधामा छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ ।

 

निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए ।

 

पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे ।नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ ।

कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।(गोरखापत्र दैनिक)

प्रतिकृया