• १० असोज २०८३, शनिबार
  • १०ः२६ बिहान

बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ०७:४५

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लुको त्रासमा पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्ति दिने भएको छ । पत्यकालगायत विभिन्न ठाउँमा गरी हालसम्म छ ठाउँमा बर्डफ्लु रोग फेला परेको थियो ।

National Life

 

त्यस क्रममा कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागबाट खटिएका टोलीले हजारौँ पशुपन्छी नष्ट गरेका थिए । ती सबैको क्षतिपूर्ति दिन लागेको पशु सेवा विभागका प्रवक्ता डा। चन्द्र ढकालले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

उपत्यकाको काठमाडौँको तारकेश्वर नगरपालिका तथा ललितपुरको नख्खु क्षेत्रमा बर्डफ्लु फेला परेको थियो । त्यसमध्ये तारकेश्वर जहाँ तीन ठाउँमा फेला परेको थियो । त्यहाँका किसानलाई करिब एक करोड रुपियाँ क्षतिपूर्ति दिन लागेको उनले जानकारी दिए ।

 

नख्खु क्षेत्रमा भएको क्षतिबारे लागत सङ्कलन गर्ने काम भइरहेको छ ।त्यहाँका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको प्रवक्ता ढकालले बताए । बर्डफ्लु रोगका कारण जुन किसानको पशुपन्छी, अण्डा तथा दानालगायत अन्य केही नष्ट गरिएको छ भने त्यसको लगत सङ्कलन गरी ती किसानलाई क्षतिपूर्ति दिने तयारी भइरहेको छ ।

 

तारकेश्वरको किसानको बैङ्क खाता नम्बर सङ्कलन पनि भइसकेको छ । सबै किसानको खातामा नै रकम पठाउने तयारी भइरहेको उनले बताए । तारकेश्वरमा करिब ५० जना किसानले क्षतिपूर्ति पाउने भएका छन् ।

 

उपत्यकामा सङ्घीय सरकारले क्षतिपूर्ति दिन लागेको छ भने उपत्यकाबाहिर जाजरकोट र सुर्खेतमा कर्णाली प्रदेश सरकारले क्षतिपूर्ति दिने उनले बताए ।(गोरखापत्र दैनिक)

प्रतिकृया