• ११ असोज २०८३, आइतबार
  • १०ः३४ बिहान

आज २०७७ चैत्र ३० गते सोमबारको राशिफल

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ०६:५३

आज २०७७ चैत्र ३० गते आइतबार ।

National Life

मेष
रोकिएको काम बन्नेछ र मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ ।

वृष
मिहिनेत गर्दा आयस्रोत बढाउन सकिनेछ भने सोखले फजुल खर्च पनि बढाउनेछ। नयाँ तथा नियमित काम सम्पादन गर्ने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्य हुनेछ । तर मध्याह्नदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मिथुन
कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नदेखि खर्चिलो कामतर्फ आकर्षित भइनेछ। कर्मयोगले मानसम्मान पनि दिलाउनेछ । तर पहिलेका काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ ।

कर्कट
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटेको काम पूरा हुनेछ ।

सिंह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ । गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ ।

कन्या
प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला । श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ। व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ ।

तुला
यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ । परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने समय छ । मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ । वादविवादमा अघि नसर्नुहोला। आज खर्च बढ्नेछ । परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक
सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ । सोचेको लाभ भने नहुन सक्छ । मध्याह्नपछि स्थितिमा सुधार आउने योग छ । प्रतिस्पर्धामा र्स्रोत बढाउन सकिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ भने दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । नयाँ अवसर पनि प्राप्त हुनेछन् ।

धनु
शुभचिन्तकहरूको सुझाव मान्नु होला । बन्धु–बान्धवबीच आीत्मयतामा कमि आउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्यामा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्नेछ । मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ । नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।

मकर
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि नियमित काम सम्पादन हुनेछन् । मध्याह्नदेखि आफन्तहरू टाढिन सक्लान् । दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ । भूमि तथा पशुधनबाट लाभ उठाउन सकिने छ।

कुम्भ
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिएला । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ तर आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्नेछ । व्यवसायमा मनग्य धन लाभ हुनेछ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला , दिन रमाइलो हुनेछ ।

 

मीन
हिम्मतले काम गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । सानो प्रयत्नले राम्रै फाइदा दिलाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नतिर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ, सजग रहनुहोला । तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया