• ११ असोज २०८३, आइतबार
  • ११ः०८ बिहान

 नेपाल समूहले  प्रदेश– २ को संसदीय दलको नेता शत्रुघन महतोलाई बनायो

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०६:२४

जनकपुरधाम: नेकपा एमाले माधव नेपाल पक्षले प्रदेश–२ को ससंदीय दलको नेता चयन गरेको छ। उक्त समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउँदै शत्रुधन महतोलाई नेता चयन गरेको हो।

National Life

आइतबार प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली समूहका मण्डललाई हटाएर महतोलाई दलको नेता चयन गरेको हो। त्यस्तै नेपाल पक्षको संसदीय दलको बैठकले रवीन्द्र बैठालाई दलको उपनेता, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र दलका सचेतकमा बेची लुंगेलीलाई चयन गरेको छ। दलको नेता, प्रमुख सचेतक, सचेतक हेरफेर भएको जानकारी नेपाल समूहले सभामुख सरोज कुमार यादवलाई पत्र बुझाएर जानकारी गराइसकेको छ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन्। यी मध्ये १३ जना सांसदले नेपाल समूहकोतर्फ बाट हस्ताक्षर गरेर सभामुखलाई पत्र बुझाएका हुन्। यता ओली समूहका मण्डलले भने दलको नेता आफू नै भएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया