• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

अर्थमन्त्रीले पर्यटनमन्त्रीलाई भने, ‘कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र बजेटमा माग्नु’

प्रकाशित मिति

२०७७ चैत्र १९ गते, बिहीबार ०५:४८

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोही अनुसार बजेट प्रस्ताव गर्न आग्रह गरेका छन् । खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गरेका हुन् ।

सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिनु पर्ने आवश्यकता औँल्याए । उनले कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गरे ।

Kamana Sewa

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरु भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनु पर्ने बताए।

Classic Tech Desktop

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८र७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरू र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि संकलन गरेको छ ।

प्रतिकृया