• ४ साउन २०८३, सोमबार
  • २:२७ बिहान

झलनाथको नेतृत्वमा सांसदहरु बालुवाटार जाने, नेपाल–रावल नजाने

प्रकाशित मिति

२०७७ चैत्र १३ गते, शुक्रबार ०२:५२

झलनाथ: माधव नेपाल पक्षका सांसदहरु आज पार्टीको संसदीय दलको बैठकमा जाने भएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा सांसदहरु आजको बैठकमा सहभागी हुने भएका हुन् । यद्यपि, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने बालुवाटार नजाने भएका छन् ।

आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन् ।

Kamana Sewa

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ । ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया