प्रथम केएफटीसी नकआउट फुटसल चैत १४ देखि हुने
प्रकाशित मिति
२०७७ चैत्र १० गते, मंगलवार ०१:०९
भक्तपुर: भक्तपुरमा पहिलो केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट हुने भएको छ । ख्वप फुटसल एण्ड ट्रेनिङ सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँग समन्वय गरी प्रतियोगिता हुन लागेको हो ।

चैत १४ गते शनिबार देखि सुरुहुने प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर लगायतबाट गरी करिव दई दर्जन भन्दा वढी टिमले प्रतिस्पर्धामा भाग लिने अपेक्षा आयोजकले लिएको छ ।

प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्न गठित समितिका संयोजक इन्देश अवालले प्रतियोगितामा पहिलो, दोस्रो टिम र अन्य विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र दिने जानकारी गराए । पहिलो टिमलाई २० हजार नगदसहित
मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै दोस्रो हुने टिमलाई १० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
खेलमा अन्य बिधामा पनि उत्कृष्ठ खेलाडिलाई वेष्ट प्लेयर, वेष्ट किपर, फेयर प्ले टिमलाई पनि मायाको चिन्हो, प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताको प्रमुख अतिथिको रुपमा फटवलका पुर्व राष्ट्रिय खेलाडी बाबुकाजी धौबन्जार आउने भएका छन्। यसअघि पनि ख्वप फुटसल एण्ड ट्रेनिङ सेन्टरले भक्तपुरमा विभिन्न फुटसल टुर्नामेन्ट गरिआएकोमा केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट हुन लागेको यो पहिलो पटक भएको आयोजकले बताएकव छ ।
कोरोनासँगै असामान्य भएको जनजीवनलाई समान्य बनाई नागरिकलाई स्वास्थ्य राख्न सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाइएको छ ।
प्रतियोगिता भक्तपुरको सुर्यविनायक सुन्दरवस्ती स्थित ख्वप फुटसल एण्ड ट्रेनिङ सेन्टरमा हुनेछ । ख्वप फुटसलएण्ड ट्रेनिङ सेन्टरले जुनियर टिम अन्तर्गत अन्डर १५ लाई फुटसल तालिम पनि दिंदै आएको छ ।
आमागी दिनमा ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले भक्तपुर जिल्ला फुटवल संघसँग समन्वय गरी स्कुल स्कुलका विद्यार्थीलाई फुटसल तालिम दिने योजना रहेको कोच विकेश सुवालले बताए ।




प्रतिकृया