बहिनी पर्ने १२ वर्षीया बालिका जवर्जस्ती करणी अभियोगमा १९ वर्षीय युवा पक्राउ
प्रकाशित मिति
२०७७ फाल्गुन १९ गते, बुधबार ०९:२९
लमजुङ: जिल्लामा नाताले बहिनी पर्ने १२ वर्षीया बालिका जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ वर्षीय युवालाई पक्राउ गरेको छ ।
बलात्कृत बालिका स्वास्थ्य परीक्षणका लागि तनहुँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।
बालिका महिनावारी रोकिएपछि आमाले सोधेपछि नातामा दाई पर्नेले करणी गरेको जानकारी दिएकी थिइन् । घटनावारे परिवारका सदस्यले जानकारी पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले पटक–पटक करणी गरेका थिए ।
दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डाक्टर नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जवर्जस्ती करणीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न तालिम नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहुँ जिल्ला अस्पतालमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार बालिकालाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
बलात्कारमा संलग्न युवाकी बहिनी र पीडित बालिका साथी हुन् । संगै पढने र टिकटक बनाउनभन्दै पीडित किशोरी युवाको घरमा जाने गरेकी थिइन् ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर किशोरले आफ्नै घर आएकी बालिका पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सो घट्नाको अनुसन्धान गरी युवाविरुद्ध जवर्जस्ती करणीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।








प्रतिकृया