• 6:19 pm

रोनाल्डोको गोलमा युभेन्टसको शानदार जित

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०९:१०

काठमाडौँ क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि इटालिएन सिरी ए फुटबलमा युभेन्टसले शानदार जित निकालेको छ । मंगलबार राती भएको खेलमा युभेन्टसले स्पेजियालाई ३-० गोलले हराउँदै जित हात पारेको हो।

युभेन्टसको जितमा मोराटा, चिजा र रोनाल्डोले एक एक गोल गरे । यससँगै एक गोल गरेका रोनाल्डोले नयाँ किर्तिमान राखेका छन् । उनले पछिल्ला १२ सिजन लगातार २० गोल गर्दै आएका छन् । ६०० सय लिग खेलमा सहभागि भएका रोनाल्डो युरोपका पाँच वटा लिगमा २० गोलभन्दा बढी गर्न सफल भएका हुन्।

उनले प्रिमियर लिग, ला लिगा, सिरी ए, च्याम्पियन्स लिग लगायतका खेलमा गोल गर्न सफल भएका हुन् । जितसँगै युभेन्टस २४ खेलबाट ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ५२ अंक भएको एसी मिलान दोस्रो र ५६ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ। स्पेजिया भने १६ औँ स्थानमा छ ।

प्रतिकृया