• ९ असोज २०८३, शुक्रबार
  • ५ः३६ बेलुका

पिएम कपः आर्मीले गण्डकी प्रदेशलाई दियो २ सय ८८ रनको लक्ष्य

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०१:१२

काठमाडौंः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National Life

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनाएको हो।

आर्मीका लागि कप्तान बिनोद भण्डारीले शतकीय पारी खेल्दै सर्वाधिक १११ रन बनाए। त्यस्तै राजु रिजालले ४५ तथा राजेश पुलामीले ३८ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै लोकेस बमले ४२ रन जोड्दै अन्तिम बलमा आउट भए।

Classic Tech Mobile
Classic Tech Desktop

बलिङतर्फ गण्डकीका बिपिन खत्री र बिसाल पौडेलले समान २/२ विकेट लिँदा दीपेश खत्री र चन्द्र पौडेलले समान १/१ विकेट लिए।

प्रतिकृया