• १० असोज २०८३, शनिबार
  • ७ः३८ बेलुका

जब ६९ वर्षीया अभिनेत्रीको तस्वीर ‘अत्यधिक सेक्सी’का रुपमा ट्रोल भयो !

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०१:१६

एजेन्सी,भारतकी एक ६९ वर्षीया अभिनेत्रीको तस्वीरले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

National Life

हालैका दिनमा आफ्नो ग्ल्यामरस फोटोशूटका केही तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेकी ६९ वर्षीया रजनी चण्डी ट्रोलको शिकार बनेकी हुन् ।

यो उमेरमा यस्तो सेक्सी तस्वीर खिचेर सार्वजनिक गरेको भन्दै उनका आलोचकहरुले रजनीमाथि आलोचनाको शब्द वाणसमेत प्रहार गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

रजनीका अनुसार उनका यी तस्वीर यसरी चर्चित (भाइरल) होला र आलोचकहरुको निशानामा परुँला भन्ने कुनै अनुमान नै थिएन । तर भैदियो त्यस्तै ।

आमरुपमा राम्रा रंगीन साडी पहिरिने गृहिणीको सट्टा जिन्स कपडामा सजिएकी ६९ वर्षीया रजनीलाई छोटा डेनिमको पोशाकमा फोटोशूट गर्दै गर्दा उनको उमेर कुनै पर्खाल बनेर ठडिएको छैन ।

आफ्नो बगैंचाको सेता फूलबाट निर्मित मुकुटले त उनको सुन्दरतामा अझै निखार थपिदिएको छ, २९ वर्षीया फोटोग्राफर अथिरा जोयको क्यामेराको लेन्समार्फत् ।

दक्षिणी भारतीय राज्य केरलका स्थानीय प्रेसले ‘बोल्ड एंड ब्यूटीफूल’ का रुपमा प्रशंसित रजनी, त्यहाँको समाज, जहाँ बढी संख्याका महिलाहरु अहिले पनि साडी वा परम्परागत लामा स्कर्टमा हुन्छन्, बाट भने ट्रोलको शिकार बनेकी छिन् ।

तस्वीरमार्फत् निखारता पोख्ने जोय भन्छिन्, ‘६० वर्षको उमेरमा आम भारतीय महिला नाति नातिनाको रेखदेख गरेर आफ्नो जीवन व्यतित गरिरहेका हुन्छन्, त्यसभन्दा फरक रजनीको व्यक्तित्वले आफू लोभिएकी हुँ ।’

‘आम भारतीय महिलाभन्दा फरक आफ्नो ख्याल आफै राख्ने रजनी तन्दुरुस्त मात्र होइन बोल्ड, सुन्दर र फेसनेबल छिन् । उनी वर्ष ६९ की त भइन् तर उनको दिमाग मेरो झै २९ कै पाएँ,’ जोय भन्छिन् ।

६५ वर्षको उमेरमा मलयालम भाषामा कमेडी ड्रामामार्फत् एक अभिनेत्रीको रुपमा जीवन थालेकी रजनीले अरु दुई सिनेमा गरेकी छिन् भने गत वर्ष मलयाली संस्करणको बिग बोसमा समेत भाग लिएकी छिन् ।

यो उमेरमा यस्तो ग्ल्यामरस् फोटोशूट किन भन्ने प्रश्नमा रजनी भन्छिन्, ‘बढी उमेरका मानिसलाई अझै पनि आफ्नो जीवनको आनन्द लिन सक्छौं भन्ने महशूस गराउन गरेकी हुँ ।’

‘समाजले के भन्छ होइन, अरुलाई चोट नपुग्ने गरी आफूलाई ठीक लागेको गर्नुपर्छ,’ चण्डी भन्छिन्, ‘फोटोशूट गर्नुको मतलब मस्ती गर्नु पनि थियो ।’

जब उनलाई छोटा पहिरनमा फोटोशूटको प्रस्ताव आयो उनले आफ्नो पतिसँग अनुमति मागिन्, पतिले भने ‘तिमीलाई जे गर्दा खुशी लाग्छ गर, मेरो कुनै रोकावट हुन्न ।’

तर फोटोशूटका लागि ल्याइएको छोटा कपडा देख्दा शुरुमा भने आफू आश्चर्यमै परेको पनि रजनी बताउँछिन् । जब फोटो फेसबुकलगायत सामाजिक सञ्जालमा पोष्ट भयो धेरैले आफ्नो आँट र निर्णणयको प्रशंसा गर्दै सुन्दरताको बयान गरेको उनले बताइन् ।

तर केहीले भने ‘तँ अझै मरेकी छैनस् ?’, ‘घरमा बसेर बाइबल पढ्ने र प्रार्थना गर्ने उमेरमा शरीरको प्रदर्शन गर्दैछेस्’ जस्ता गालीको वर्षा गरेको र त्यो अझै जारी रहेको उनले बताइन् ।

तर आश्चर्य के भने सबैभन्दा बढी गाली र तिरस्कार भने महिलाहरुबाटै पाएको उनी बताउँछिन् । बीबीसीबाट

प्रतिकृया