• ११ असोज २०८३, आइतबार
  • १ः३९ दिउँसो

नेपाल–भारत संयुक्त आयोगको बैठकः सम्बोधन होलान् त नेपालका मुद्धा ?

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०१:२७

काठमाडौं: नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँ दिल्लीप्मा सुरुभ भएको छ ।

National Life

नेपालका तर्फबाट परराष्ट्रमन्त्री समेत रहेका प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जय शंकरको संयुक्त सहभागितामा बैठक सुरु भएको हो ।

हैदरावाद हाउसमा चलेको उक्त बैठकमा दुई देशबीचका बिबिध विषयमा छलफल सुरु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ।

बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालयरविभागका उच्च अधिकारी पनि सहभागी हुनेछन् जसमा नेपालका तर्फबाट मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको सहभागिता रहेको भारतीय दूतावासले जनाएको छ ।

दुई देशबीच राखिएका बिभिन्न बुँदामा टेकेर छलफल हुने बताइएपनि यसको समाधानमा भने अलमल रहेको विज्ञहरुको भनाई छ । नेपालले उठाएका एजेण्डामा भारतले खासै चासो नदिएको र सीमाका विषयमा त बोल्नै नचाएको बताइएको छ ।

 

प्रतिकृया