• १२ असोज २०८३, सोमबार
  • २ः२४ राती

चोरको हर्कतः नेपाल आउने पाइपलाइन फोडेर डिजेल चोरी

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०१:३८

काठमाडौंः नेपाल आउने पेट्रोलियम पाइपलाइन फोडेर डिजेल चोरी भएको छ ।

National Life

पटना नजिकै भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म आउने पेट्रोलियम पाइपलाइनमै प्वाल पारेर डिजेल चोरी भएको हो।

पाइपलाइन फोडेर डिजेल चोरी भएको घटनाको भारतीय आयल कर्पोरेसन (आईओसी) ले अनुगमन पनि गरेको र अनुगमनबाट पाइपलाइन फोडेर डिजेल चोरी भएको पुष्टि भएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतदेखि नेपाल आउने पेट्रोलियम पाइपलाइनमै जोडिएको पाइपलाइनमा सो घटना भए पनि नेपालतर्फ क्षति नभएको नेपाल आयल निगमले जनाएको छ ।

नेपालले तेल आयातका लागि मिटर जडान गरेको स्थानबाट करिब सय किलोमिटर भारततर्फ सो घटना भएकोले यसले नेपाल आउने तेलमा कुनै प्रभाव नपरेको निगमले जनाएको छ ।

मोतिहारीदेखि अमलेखगञ्जसम्मको पाइपलाइनको दूरी करिब ७० किलोमिटर छ।

प्रतिकृया