अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनद्वारा १९ खर्ब डलरको प्रोत्साहन प्याकेजको घोषणा
प्रकाशित मिति
२०७७ माघ २ गते, शुक्रबार ०१:४०
अमेरिकाका नव: निर्वाचित राष्ट्रपति जो बाइडनद्वारा १९ खर्ब डलरको प्रोत्साहन प्याकेजको घोषणा
विश्व: अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनले १९ खर्ब (१.९ ट्रिलियन) डलरको प्रोत्साहन प्याकेजको घोषणा गरेका छन्। यो प्रोत्साहन प्याकेज कोभिड–१९ महामारीबाट अर्थव्यवस्थामा आएको सुस्तताबाट बाहिर निस्कनका लागि घोषणा गरिएको हो।
images
images
बाइडनले औपचारिक रुपमा सत्ता हातमा लिनुभन्दा पहिले उक्त प्याकेजको घोषणा गरेका हुन्। बाइडनले आगामी साता अमेरिकी राष्ट्रपति पदका लागि सपथ ग्रहण गर्दैछन्।
यदि उक्त प्याकेजमा अमेरिकी कंग्रेसको स्वीकृती प्राप्त भयो भने एक ट्रिलियन डलर अमेरिकी परिवारका लागि हुनेछ, जुन सिधै सबै अमेरिकी नागरिकहरुलाई १ हजार ४०० डलरका दरले प्राप्त हुनेछ।
उक्त राहत प्याकेजमा ४ अर्ब १५ अर्ब डलर कोरोना भाइरस नियन्त्रणका लागि र ४ खर्ब ४० अर्ब डलर साना व्यवसायीहरुको सहायताका लागि हुनेछ।
डेमोक्रेटिक पार्टीका जो बाइडनले कोरोना भाइरसँगको युद्ध जित्ने वचन दिएका थिए, जसले हालसम्म ३ लाख ८५ हजार भन्दा बढी अमेरिकीहरुको ज्यान लिइसकेको छ।
गत वर्ष आफ्नो चुनावी अभियानका क्रममा बाइडनले भनेका थिए कि, उनी ट्रम्पको तुलनामा कोरोना महामारीसँग अधिक प्रभावकारी तरिकाबाट लड्नेछन्।
यस्तोमा बाइडन राहत प्याकेज लिएर यस्तो समयमा आएका छन्, जब अमेरिका जाडो मौसममा कोरोनाको चपेटामा अझै खराब अवस्थामा फसिरहेको छ। पछिल्लो समय अमेरिकामा हरेक दिन २ लाख भन्दा अधिक कोरोनाका नयाँ संक्रमितहरु थपिइरहेका छन्। एजेन्सी








प्रतिकृया