क्षमतावान् न्यौपाने पाए उदयपुर सिमेण्ट उद्योगको महाप्रबन्धकः कर्मचारीमा समेत उत्साह
प्रकाशित मिति
२०७७ माघ २ गते, शुक्रबार ०१:०५
काठमाडौंः उदयपुर सिमेण्ट उद्योगले दुई बर्षको लामो कसरतपछि नयाँ महाप्रवन्धक पाएको छ । उद्योग मन्त्रालयले महाप्रबन्धक पदको लागि परेका दरखास्तहरुको मुल्यांकन गर्नका लागि पेस भएका कार्ययोजनालाई कोडिङ्ग डिकोडिङ्ग गरि लोकसेवा आयोग मार्फत जाँच गरेर नयाँ प्रवन्धक तोकिएको हो ।
व्यसायिक कार्य योजनाको प्रस्तुतीकरण गराउंदा विज्ञको रुपमा रामेश्वर खनाल लगायत पूर्व सचिवहरुलाई समेत मुल्यांकनकर्ता रहेको उक्त समितिले निपक्ष र पारदर्शी तरिकाले कार्य मूल्याङ्न गर्दै गोपीकृष्ण न्यौपानेलाई चयन गरेको छ ।
व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदैँ आएका न्यौपाने लामो कार्यअनुभव र क्षमतामा निपूर्ण रहेर आफ्नो कार्यक्षमता देखाइसक्नु भएको छ ।
कामको पारदर्शीता र कार्यक्षेत्रलाई सफल बनाउनुपर्छ भन्ने मान्यता साथ सधै अघि बढ्ने न्यौपाने यस भन्दा पहिलाका कार्यक्षेत्रमा समेत निकै रुचाइएका व्यक्ति हुनुहुन्छ जसका कारण सबैको मनमा बस्न सफल हुनुभएको छ ।
यसैबीच उदयपुर सिमेण्ट उद्योगमा माघ १ गतेदेखि कार्यभार सम्हालिसक्नुभएका न्यौपाने उद्योगलाई अझ सशस्त बनाउदै लैजाने प्रण व्यक्त गर्नुभएको छ ।
सबैभन्दा पहिला कच्चापदार्थ, पेकिंग मेटेरियल्स, मर्मतसम्भार लगायतका कुराहरुमा ध्यान दिई पूर्ण क्षमतामा उद्योग संचालन गर्ने आफ्नो उद्देश्य बताउने न्यौपानेले थप क्षमता बृद्धिछका लागि अध्ययन अनुसन्धान अगाडी बढाउने, बजार ब्यबस्थापन र ब्राण्डिङ्गमा जोड दिने, लागत कम गर्ने उपायहरुको खोजी गरि अन्य उद्योगहरुसंग प्रतिष्पर्धी बनाउने मूख्य योजना रहेकासमेत जानकारी दिनुभएको छ ।
यस बाहेक उहाँले बैकल्पिक उर्जा, उद्योगको नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्ने तर्फ पनि योजना बनाएको पनि बताउनुभएको छ ।
वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटहरुको मिश्रण गर्न सकिने तर्फ पनि अध्ययन गरि लागतको आधारमा उपयुक्त देखिएमा प्रयोग गर्न सकिनेगरी संभाव्यता अध्ययन गराईने योजना उहाँको रहेको छ ।
यस बाहेक उद्योगका कामदार र कर्मचारीहरुलाई उत्प्रेणात्मक सीप अभिवृद्धिमुखी तालीम संचालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने लगायतका कामहरू गर्ने योजना रहेको छ ।
उहाँको अगमनसँगै उद्योमा कार्यरत अन्य कर्मचारहिरुमा समेत थप उर्जा मिलेको महशुस गरिएको कर्मचारीको भनाई छ । कर्मचारीहरुले उहाँको कार्यअवधिभर उद्योग थप सफल र सशक्त बन्ने विश्वाससमेत गरेका छन् ।
नेपाल चार्टड एकाउन्टेन्ट संघका सदस्य समेत रहेका न्यौपाने नेपाल बार एसोसिएसनका सदस्य हुनुहुन्छ भने, नेपाल अटो मोबाइल्स संघ नाडाका महासचिव समेत भइसकेकेका उहाँ नागरिक ट्रस्ट फन्ड, नागरिक् कम्युनिटी टिचिङ अस्पताल जस्ता सामाजिक संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
न्यौपाने अर्थ बिज्ञ, लेखापरीक्षक तथा कानुन ब्यबशायी समेत रहेका न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पुर्वान्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका ब्यक्ति हुनुहुन्छ ।







प्रतिकृया