• ९ असोज २०८३, शुक्रबार
  • ४ः३१ बेलुका

चेल्सीसँग ३–० गोल अन्तरले वेष्ट ह्याम युनाइटेड पराजित

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०७:२२

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० गाले अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

National Life

चेल्सीका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । सिल्भाले १० औँ मिनेटमा नै गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । अब्राहमले ७८ र ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो । जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ ।

प्रतिकृया