• ९ असोज २०८३, शुक्रबार
  • ५ः३७ बेलुका

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०७:१८

काठमाडौंः प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सोमबार नेपाल क्रिकेट संघ क्यानले महिला पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।

National Life

दाङको लमहीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ भिड्ने छन् । ८ दिन चाल्ने प्रतियोगितामा फाइनल बाहेक हरेक दिन दुई खेल हुनेछ । प्रतियोगितामा ७ प्रदेशका टिम विभागिय टिम एपिएफको सहभागिता रहने छ । पुस ११ बाट सुरु हुने प्रतियोगिताको सेमिफाइनल पुस १७ र फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिता टी–ट्वान्टी ढाँचामा हुनेछ । यसै प्रतियोगिताको लागि हाल हरेक प्रदेशले खेलाडी छनोट गर्दै आएको छ । दुई समुहमा विभाजन गरिएको ८ टिमले एकआपसमा खेल्दै शीर्ष २ टोली सेमिफाइनल पुग्ने छन्

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया