• ९ असोज २०८३, शुक्रबार
  • २ः५५ दिउँसो

अभिनाश बोहरा प्लेयर अफ द टुनामेन्ट घोषित

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार ०५:२३

काठमाडौं, गौतम बुद्ध कप प्रतियोगितामा राप्तीका तीव्र गतिका बलर अभिनाश बोहरा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएका छन् ।

National Life

राप्तीलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका अभिनाशले उत्कृष्ट प्रर्दशन गर्दै ३ खेलमा ७ विकेट लिए । अभिनाशले ४५ हजार नगद रुपैयाँ प्राप्त गरे ।

नारायणीका कप्तान तथा तीव्र गतिका बलर करण केसी सर्वोत्कृष्ट बलर घोषित भएका छन् । करणले ३ खेलमा ५ विकेट लिएका थिए । करणले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

राप्तीका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । भुर्तेलले ३ खेलमा १ अर्ध शतक सहित १ सय १० रन बनाएका थिए । भुर्तेलले २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिकृया