शिवपुरी गाउँपालिकामा सामुदायिक विद्यालयकै विद्यार्थी रोल मोडलको रूपमा प्रतिस्पर्धी बन्दै
प्रकाशित मिति
२०७७ मंसिर ३० गते, मंगलवार ०६:५५
नुवाकोट, नुवाकोटको शिवपुरी गाउँपालिकाले सामुदायिका विद्यालयका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन लागेको छ । गाउँपालिका भित्र भएका ५१ वटा सामुदायिक विद्यालयमध्ये विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई मर्ज गरी अहिले ४८ वटा बनाइएको छ । विद्यालयको मर्जसँगै गाउँपालिकाले शैक्षिक गुणस्तरीय सुधार गरेको शिवपुरी गाउँपालिकाले जनाएको छ
गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले अहिले हामी गाउँपालिमा निर्वाचित जनप्रतिनिधि आएपछि सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउँदै प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने कार्यमा उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो “ अहिले सामुदायिक विद्यालयमै कतिपय विद्यार्थी रोल मोडलको रुपमा उत्पादन हुन थालेका छन् ।”
उहाँका अनुसार गाउँपालिकाले शिक्षालाई प्रविधि मैत्री बनाउन गाउँपालिकाले शिक्षकहरुलाई आवश्यक विभिन्न तालिम प्रदान गरी शिक्षकलाई दक्ष बनाउने काम गरिएको छ । सक्षम नागरिक बनाउन शिक्षाको भूमिका महत्वपूर्ण हुने भएकाले गाउँपालिकाले प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा गर्ने कार्यमा जोड दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।
संविधानले शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्र भित्र राखेकाले शैक्षिक सुधार कार्यमा शिवपुरी गाउँपालिकाले प्राथमिकता दिएको हो ।








प्रतिकृया