अध्यादेश जारीपछि नेकपामा नयाँ तरंग, नेकपाका शीर्ष नेताबीच छलफल
प्रकाशित मिति
२०७७ मंसिर ३० गते, मंगलवार ०५:०४
काठमाण्डु , संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा नयाँ तरंग मच्चिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
पार्टीमा छलफल नगरी प्रधानमन्त्रीले एकलौटी निर्णय लिएर अध्यादेश जारी गराएको भन्दै अध्यादेशकै विषयमा छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा असन्तुष्ट नेताहरु भेला भएका छन् ।
नेकपाका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता प्रचण्डनिवास पुगिसकेका छन् भने माधवकुमार नेपाल केहीबेरमा पुग्ने बताइएको छ ।
झलनाथ खनालले नेकपा स्थायी कमिटीको बैठक जारी रहेका बेला पार्टीलाई कुनै सूचना नै नदिइ गरिएका सरकारका यस्ता क्रियाकलाप आपत्तिजनक रहेको बताएका छन् ।
राष्ट्रपतिले संवैधानिक अध्यादेश जारी गरेपछि प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै अध्यादेश तत्काल खारेज हुनुपर्ने माग राखेका छन् ।







प्रतिकृया