• १० असार २०८३, बुधबार
  • ५:२३ बेलुका

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०४:२९

काठमाडौं कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरले ज्यान गुमाएका छन्।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा हरि सापकोटाको बिहीबार मृत्यु भएको हो। भेरी अस्पतालमा दरबन्दी रही सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत बाँकेको खजुरा ३ घर भएका ५९ वर्षीय सापकोटाको बिहीबार दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको हो

डा खड्काका अनुसार सापकोटा मधुमेहका बिरामी पनि थिए। उनलाई १४ दिनअघि कोरोना पुष्टि भएपछि उनलाई भेरी अस्पताल बाँकेको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। डा सापकोटालाई बचाउन चिकित्सकहरुले नेपालमा उपलब्ध प्लाज्मा थेरापी, रेमडिसिभिरसहितको उपचार विधि चलाइएको थियो। तर यी उपचार विधिबाट पनि उनलाई बचाउन चिकित्सकहरु असफल भएका छन्।

Kamana Sewa

प्रतिकृया