अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु
प्रकाशित मिति
२०७७ आश्विन १५ गते, बिहीबार ०४:१२
अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ ।
प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिए । मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका रहेका छन् ।

अफगानिस्तानमा सक्रिय विद्रोही समूह तालिबान र इस्लामिक स्टेट दुबैले उक्त घटनाका बारेमा केही बताएका छैनन् ।

केही दिनदेखि अफगानिस्तान सरकार र मुख्य विद्रोही तालिबान समूहबीच कतारको राजधानी दोहामा प्रत्यक्ष वार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटना निरन्तर भइरहेका छन् ।
तालिबान समूहले शान्तिवार्तामा अफगान सरकार सहभागी भए पनि तालिबान विरुद्ध सैनिक कारबाही जारी रहेको भन्दै आलोचना गरेको छ ।–एएनआई/Photo: Agency
Related
Recent News
- नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
- दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
- आज घट्यो सुनको मूल्य
- क्रोएसियाको कठिन जित, पानामा विश्वकपबाट बाहिरियो
- वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
Crime
Politics
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै
- रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने




प्रतिकृया