• 11:50 am

एसईई दिएका विधार्थीहरुलाई सुनौलो अवसर

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०७:५५

काठमाण्डौ, इ–कमर्स कम्पनी अनलाईन साथी डट कम र केपढ्नेको सहकार्यमा एसइइ पास विधार्थीहरुलाई ‘अनलाईन शिक्षा सहयात्री योजना’ ल्याएको छ । उक्त योजना अन्तर्गत एसइइ पास भएका विधार्थीहरुलाई अनलाईन शिक्षा लिनलाई सघाउ पुर्याउने उदेश्यले ल्यापटप, मोबाइल , क्यास भौचर तथा अन्य शैक्षिक सामाग्रीहरु प्रदान गरिने भएको हो । हरेक बर्ष दुई पटक संचालन गरिने यो योजना यसपटक भने सइइ पास विधार्थीहरुमा केन्द्रित रहने स्रोतले जानकारी दिएको छ । यो योजनामा यस पटकको एसइइमा पास हुने नेपालभरिका सम्पूर्ण विधार्थीहरु सहभागी हुन सक्नेछन ।

कसरी सहभागी हुने ?

यो योजनामा सहभागी हुन एसइइ पास भएका विधार्थीले यस लिंकमा गएर sahayatri.onlinesaathi.com आफ्नो विवरण भर्नुपर्नेछ । २०२० सेम्टेम्बरb महिनाको अन्त्यसम्म(असोज १४ गतेसम्म) सञ्चालन हुने यस योजनामा सहभागी विधार्थीहरु मध्येबाट गोलाप्रथाद्वारा २०२० अक्टोबर महिनाको पहिलो हप्ता (कार्तिकको पहिलो हप्ता) मा विजेताहरुको छनोट गरिनेछ ।

यी हुन उपहार
जस अन्तर्गत गोलाप्रथामार्फत एकजना विद्यार्थीलाई एउटा ल्यापटप, १० जनालाई क्यास भौचर, १० जनालाई ल्यापटप ब्यागसँग आकर्षक उपहार र ५ जनालाई ट्याब प्रदान गरिने अनलाइन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादवले जानकारी दिए । यस योजनाको माध्यमबाट नेपालमा अनलाईन शिक्षाको क्षेत्रमा शैक्षिक संस्था ,विधार्थी, अभिभावकहरुलाई सहयोग तथा उतप्रेरणा पुग्ने विश्वास लिएको अध्यक्ष यादवको भनाइ छ । अनलाइन साथीडट कमको लिङ्क sahayatri.onlinesaathi.com खोलेर उक्त विवरण भर्न सक्नुहुनेछ ।

अनलाईन साथी

स्थापनाको बर्षमा नै आफ्नो एउटा अलग पहिचान बनाउन सफल ‘अनलाईन साथी’ नेपाल भरिनै सेवा दिइरहेको इ–कमर्स कम्पनी हो । उक्त कम्पनीमार्फत अनलाइनबाट अर्डर गरिएका इलेक्ट्रोनिक्स ग्याजेट,लत्ता कपडा,कस्मेटिक्स,किचेन सामग्री लगायत विभिन्न सामग्री नेपालको जुनसुकै ठाउँमा होम डेलिभर गरिदै आएको छ ।

प्रतिकृया