• २ असोज २०८३, शुक्रबार
  • ३ः४१ दिउँसो

कक्षा ११ को परीक्षा रद्द गर्न परीक्षा बोर्डद्धारा सूचना जारी

प्रकाशित मिति

२०७७ श्रावण २३ गते, शुक्रबार १२:०७

‘काठमाडौ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा नगर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको छ । बोर्डले शुक्रबार आज सूचना जारी गर्दै सरकारबाट अर्को निर्णय नभएसम्मका लागि कक्षा ११ को परीक्षा नगर्न निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणका कारण सरकारले हालसम्म विद्यालय सञ्चालनको निर्णय नगरेको अवस्थामा केही विद्यालयहरुले परीक्षको कार्यतालिका सार्वजनिक गरेका थिए ।

National Life

कोभिड १९ को सङ्क्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामास केही विद्यालयले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्बजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सिर्जना हुन गएकाले नेपाल सरकारबाट विद्याल पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्य नगर्नु नगराउनु हुन सूचित गरिन्छ,’ बोर्डको सूचनामा भनिएको छ

प्रतिकृया