• ११ असोज २०८३, आइतबार
  • १ः३६ दिउँसो

मास्क नलगाउनेलाई कैद सजाय

प्रकाशित मिति

२०७७ श्रावण १६ गते, शुक्रबार ११:५०

विराटनगर, मास्क नलगाई हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता रहेको भन्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।

National Life

संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजायको निर्णय गरीएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

कोरोनाबाट बच्न सबै जनाले दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने उनले बताए । यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँ सम्म जरिवाना गरिने निर्णय कोभिड(१९ उच्चस्तरीय समितिको बैठकबाट भएको उनको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया