डा.युवामुरा मेमोरियन अस्ताल र लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ ए, २ बिच स्वाथ्य सम्भौता
प्रकाशित मिति
२०७७ श्रावण १६ गते, शुक्रबार ११:४७

भक्तपुर, डा. युवामुरा मेमोरियन अस्ताल र लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ ए, २ बिच स्वाथ्य सम्भौता भएको छ । स्वाथ्य सम्भौतामा लायन्स क्लबका सदस्य साथै उहाँका परिवालाई पनि बिशष छुट दिने अस्पतालका बजार ब्यवस्थापक जीवन मारीखुले जानकारी दिए । यो सेवा सुबिधा आजबाट लागु हुने समेत जानकारी दिए । सेवामा समर्पीत लायन्स क्लव स्वास्थ्यका लागी डा.युवामुरा अस्तालले सहुलीयतमा यो सम्झौता गरीएको बताए ।
साथै डा.युवामुरा अस्पतालमा साउन महिना बिशेष गरि महिलाहरुका लागि हरिया चुरा प्याकेजको व्यवस्ता ल्याएको मारीखुले बताए । यसमा नारीहरुको स्त्री रोग बिशेषज्ञद्वारा जाँचमा ५० प्रतिशत छुट र ९खष्मभय ह(चबथ० ५० प्रतिशत छुट गरिएको जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लवका तर्फबाट डिष्ट्रिक गभर्नर शुशिला मल्ल, गभर्नर के. पि अवाल, चिफ हेल्थ कोडिनेटर विष्णु भक्त मारीखु, डा.युवामुरा अस्तालका व्वस्थापक जीवन मारीखु लगायतको उपस्थिती रहेको थीयो । लायन्स क्लव्स इन्टरनेशनल एउटा सेवामुलक सस्था भएकाले धेरै उदाहरणीय कार्यहरु गरीरहेको छ । जिल्लामा ३२५ए अन्तर्गत २०० वटा क्लवहरु जसमा ५००० भन्दा बढि सदस्यहरु रहेका छन् । डिष्ट्रिक गभर्नर शुशिला मल्लका अनुसार लायन्स क्लवको मुख्य उदेश्य समाजसेवा गर्ने, नेतृत्व विकास गर्ने तथा विश्व शान्तिका लागी अघि बढ्ने रहेको छ ।
प्रतिकृया