• २ असोज २०८३, शुक्रबार
  • ५ः१२ बेलुका

राति सुत्नुअघि जप्नुस् यो मन्त्र, मिल्छ ठूलो लाभ

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार ०६:२३

काठमाडौं । आध्यात्मवादीका अनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधि बोतलमा भन्दा मनमा हुने गहिरो चिन्तनका भित्र हुन्छ ।

National Life

आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरु अनिन्द्राको पीडा रहेका हुन्छन् । राम्रो निन्द्राका साथ शुभ फलका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ ।

एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायी हुने मान्यता रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पुराणमा बताइए अनुसार यो सुत्न अघि उच्चारण हुने एक मन्त्रमात्र नभएर एक नारायण कवचको रुपमा तपाई रक्षा गर्नेछ । यो मन्त्रद्वारा भगवान विष्णुको अवतारसँग सुरक्षाको विन्ती हुने छ ।

यस्तो छ मन्त्र–

जले रक्षतु वाराहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः ।।

यो मन्त्रको अर्थ यस्तो छ– हे भगवान विष्णु जलमा वाराह देवता पृथ्वीमा वामन रुपमा मेरो रक्षा गर्नुहोस् आकाशमा नरसिंह भगवानले रक्षा गरुन् भने केशव भगवानले सवै दिशामा मेरो रक्षा गर्नुहोस् ।

यदी तपाईले सुत्ने समयमा यो मन्त्र जप गर्नुभयो भने घरबाट नकारात्मक शक्ति हट्ने धार्मिक मान्यता रहेको छ भने यो मन्त्रको जपले निन्द्रा राम्रो लाग्नुका साथै सपना पनि राम्रो देखिने छ ।

प्रतिकृया