• ४ असोज २०८३, आइतबार
  • ११ः१२ राती

बाढी-पहिरोको जोखिम टरिसकेको छैनः मौसम विभाग

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार ०६:०९

 

National Life

काठमाडौं । मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताए ।

साउन ४ र ५ गते जसरी लगातार वर्षा भने नहुने तर केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताए ।

“मनसुन कमजोर छ, तर जोखिम टरिसकेको छैन, जमिन गलिसकेकाले सामान्य वर्षाले पनि असर गर्नसक्छ, बाढीको बहाव धेरै नघटेकाले अझै सचेत हुनुपर्छ”, कँडेलले भने ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बाग्मती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बिहीबार अपराह्न देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी तीन दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र वाग्मतीको केही सहायक नदीमा आकस्मिक बहाव आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

प्रतिकृया