• ३ असोज २०८३, शनिबार
  • १०ः०९ बिहान

लकडाउन हटेसँगै आजबाट त्रिविका क्याम्पसहरु सुचारु

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०९:१०

 

National Life

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् ।

साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोपछि त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो ।

शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

प्रतिकृया