राष्ट्रिय युवा संघ तथा अनेरास्ववियूको संयुक्त प्रयासमा रक्तदान कार्यक्रम
प्रकाशित मिति
२०७७ श्रावण ४ गते, आईतवार ०६:०२
भक्तपुर। कोरोना भाइरसको संक्रमणको जोखिम भइरहेको अहिलेको समयमा रगतको माग बढेसंगै रगतको अभाव हुन नदिन भक्तपुरको सूर्यविनायकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भातृ संगठन राष्ट्रिय युवा संघ तथा अनेरास्ववियूको संयुक्त आयोजनामा भएको बृहत रक्तदान कार्यक्रमको नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सूर्यविनायकको यो यो ब्याक्वैटमा सम्पन्न भएको थियो ।
सांसद बस्नेतले उद्घाटन गर्नुभएको कार्यक्रममा ११० जनाले रक्तदान गरेका छन् । प्राकृतिक विपददेखि देशमा आइपरेका बिभिन्न विपदमा मानविय जीवन रक्षाको लागि बिभिन्न सअयोगात्मक कार्यक्रम गर्दै आएको यी दुई संगठनले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, सचिव डिपी ढकाल, युवा संघका वरिष्ठ नेता किरण पौडेल, रमेश आचार्य, लगायतका नेता, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।



प्रतिकृया