• २१ भदौ २०८३, आइतबार
  • ३ः३७ दिउँसो

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निष्क्रिय

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०९:५३

 

National Life

सल्यान । सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले आज दिउँसो १ः२४ बजे सो बम निस्क्रिय पारेको हो । बैंकमा बम रहेको हल्ला फैलिएपछि प्रहरीले सो ठाउँलाई नियन्त्रणमा लिई शिलबन्दी गरेको थियो ।

Classic Tech Desktop

बमसँगै जनपरिषद् सल्यानको नाममा राखिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसँग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाई ऋण तिर्न बाध्य पारेकोलगायतका कुराहरु लेखिएको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनाको कसैले जिम्मेवारी नलिए पनि प्रतिबन्धित नेकपा माओवादीले राखेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको र बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदा दिइएकाले बैंक बन्द रहेको थियो । कार्यालयको आन्तरिक कामका लागि कर्मचारी कार्यालयमा जाने क्रममा बम जस्तो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया