आज ११-७९ औ समुहका प्रहरी जवानहरुको दिक्षान्त समारोह, दर्ज्यानी चिन्ह तथा शुभकामना प्रदान
प्रकाशित मिति
२०७७ श्रावण १ गते, बिहीबार ०९:४५

काठमाडौं । सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रमा तालिमरत ११-७९ औ समुहका प्रहरी जवानहरुको दिक्षान्त समारोह आयोजना गरिएको थियो ।
आज दीक्षित भई जानु हुने सम्पुर्ण जुनियर प्रहरी अधिकृत ज्यूहरुको सफल र सुखमय व्याबसायिक तथा व्यक्तिगत जीवनको लागी शुभकामना प्रदान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान आधारभुत तालिम ११-७९ औ समुहका दिक्षान्त समारोहमा दिक्षित भई जान लाग्नु भएका प्रशिक्षार्थी प्रहरी जवानहरुलाई दर्ज्यानी चिन्ह तथा शुभकामना प्रदान गर्नु हुँदै प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक उत्त्म सुवेदी ज्यु शुभकामना व्यक्त गरेका छन् ।
दिक्षान्त समारोहमा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंह ज्युले शुभकामना दिनुहुँदै राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरीको रुपमा आफूलाई चिनाउन नेपाल प्रहरी सफल हुने विश्वास व्यक्त गरेका छन् । अपराध रोकथाम र शान्ति सुरक्षा कायम राख्न समुदाय र प्रहरीको सहकार्य नै उत्कृष्ट माध्यम हो भन्ने कुरा व्यक्त गरे ।




प्रतिकृया