• 4:43 pm

जुम्लामा ट्याक्टर दुर्घटना एक को मृत्यु, दुई जना घाइते

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ११:१२

 

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सोमबार राति भे १ त ७३३२ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेर पातारासी ४ का ४८ बर्षिय जयवहादुर बुढाको मृत्यु भएको हो ।

जुम्ला सदरमुकाम खलंगादेखि पातारासीको लासी बजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ । घाइते हुनेमा बर्ष ३६ का बीरवहादुर बुढा र बर्ष ३८ का धनसुर बुढा रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराखेको छ ।

ट्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया