विद्यालयले लिएको आन्तरिक परीक्षा नै एसईईको मूल्याङ्कन आधार
प्रकाशित मिति
२०७७ जेष्ठ ३२ गते, आईतवार ०६:३४
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् ।
सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो । विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन सम्भव र व्यावहारिक नभएको अवस्थामा यसअघि लिएका परीक्षाका आधारमा विद्यार्थीको मूल्याङकन गरिनु नै सान्दर्भिक हुने सुझाइएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० का अध्यक्ष टीका पुरीले विद्यालयले आफ्ना विद्यार्थीको मूल्याङ्कन गर्ने विषयलाई अतिरञ्जित बनाउने र दुरुपयोग गर्न नहुने बताएका छन् । यो बेला शिक्षक, विद्यालय र प्रधानाध्यापकको समेत परीक्षा हुने समय आएको उनको भनाइ छ । केही विद्यालयले परीक्षा लिने केहीले नलिने गर्नुभन्दा कक्षा १० को यसअघि सञ्चालित परीक्षाकै आधारमा अन्तिम निर्णय दिनुपर्ने उनको भनाइ छ ।
धेरै विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई प्रथम, दोस्रो र अन्तिम गरी तीन पटक परीक्षा लिने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले भने मातहतका विद्यालयलाई कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई चार पटक परीक्षा लिन निर्देशन गरेको थियो । आफूहरूले धेरै पहिलेदेखि विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मा विद्यालयलाई दिन माग गर्दै आएको स्पष्ट गर्दै प्याब्सन अध्यक्ष पुरीले यो जिम्मेवारी पूरा गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९एन प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा प्रधानाध्यापक हावी हुन सक्ने खतरा औँल्याउँदै त्यसमा विचार पु¥याउनुपर्ने अवस्था रहेको बताएका छन् । विषय शिक्षकलाई नै विद्यार्थीको मूल्याङ्कन गर्ने अधिकार दिनुपर्ने उनको भनाइ छ । विशेष अवस्थाका कारण यस पटक विद्यालय तथा शिक्षकले पाएको जिम्मेवारी सदुपयोग गर्नुपर्ने सापकोटाको भनाइ छ । यो समाचार गोरखापत्रमा लेखिएको छ ।
प्रतिकृया