• २ असोज २०८३, शुक्रबार
  • १२ः३७ दिउँसो

असार १ गतेबाट वैकल्पिक प्रणालीको पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान (विज्ञप्ति)

प्रकाशित मिति

२०७७ जेष्ठ १९ गते, सोमबार ०५:२९

 

National Life

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट वैकल्पिक प्रणालीको पठनपाठन सुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् ।

यसैवीच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दावी गरेका छन् । उनले सो भनेका छन्, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ ।’

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण सबैको साझा दायित्व भएको पनि बताएका छन् । तर मन्त्री पोखरेलले नीजि विद्यालयहरुले यही जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा गरेपनि मौन समर्थन जनाएका छन् । जबकी विद्यार्थी संगठनले त्यसको विरोध गरिरहेका छन् ।

प्रतिकृया