• २१ जेठ २०८३, बिहीबार
  • ७:०३ बिहान

कोरोना परीक्षणका लागि १ लाख थान आरटीडी किट आइपुग्यो काठमाडौं

प्रकाशित मिति

२०७७ बैशाख २९ गते, सोमबार ०९:०३

 

काठमाडौं । कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको १ लाख थान आरटीडी किट आज काठमाडौं आइपुगेको छ ।

Kamana Sewa

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो ।
स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिलाई जिम्मा दिएको थियो । यही वैशाख १८ गते सामान आयातका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो ।

Classic Tech Desktop

उक्त किट आयातका लागि यही वैशाख १७ गते सम्झौता भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए  ।, ‘सामान आइपुगेको छ, भन्सार लगायतका प्रक्रिया पूरा गर्न आज नभ्याएका कारण मंगलबार सो कार्य सम्पन्न गरी आवश्यक स्थानमा पुर्याइने श्रेष्ठले बताए ।’

सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको हो । प्राप्त विवरणअनुसार ती किट प्रति थान रु ५६५ मा ल्याइएको हो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले आयात गरिएको हो ।

प्रतिकृया