• 5:13 pm

आरडीटी पोजेटिभ देखिएका २ जनाको रिपोर्ट नेगेटिभ

प्रकाशित मिति

२०७७ बैशाख २९ गते, सोमबार ०९:१५

प्युठान । प्युठान नगरपालिका–२ मा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएका दुई जनासहित ३९ जनाको स्वाब परीक्षण रिपोर्ट (पीसीआर)नेगेटिभ आएको छ ।

यही वैशाख १६ गते काठमाडौँबाट आएका २१ वर्षीय र म्याग्दीबाट आएका ४३ वर्षीय पुरुषको आरडीटी गर्दा पोजेटिभ देखिएको थियो ।

पोजेटिभ देखिएका उनीहरुसहितको स्वाब संकलन गरी आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकामा आज नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

प्रतिकृया