• २ असोज २०८३, शुक्रबार
  • १२ः०१ दिउँसो

विद्यार्थीलाई अनलाइन कक्षा चलाउन भ्वाइस कल र डाटा फ्री गर्नुपर्नेः अनेरास्ववियु

प्रकाशित मिति

२०७७ बैशाख १४ गते, आईतवार ०५:१९

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोेकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले अस्तव्यस्त रहेको शिक्षा क्षेत्रका बारेमा अनेरास्ववियु र शिक्षा मन्त्री शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलबीच छलफल भएको छ ।

National Life

शनिबार शिक्षा मन्त्री पोखरेलसँग भएको छलफलमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाको)को विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा र लकडाउनको बिषयमा पाँच बुँदे माग राखेको छन् ।

कोरोना भाइरसका कारण एसईई, कक्षा ११ र १२ तथा विश्वविद्यालयका परीक्षा र कक्षा सञ्चालनका विषयमा छलफल गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्ता छन् मागः

१. पछिको संक्रमणको फैलावटलाई मध्यनजर गरेर रेड जोन, ग्रीन जोन र एल्लो जोन तोकेर लकडाउन खुकुलो बनाउने तर हाललाई कम्तीमा एक हप्ता लकडाउन जारी राख्नुपर्ने ।

२.एसईई र कक्षा ११ को परीक्षा लकडाउन खोलेपछि होम सेन्टर मा स्वास्थ्यसम्बन्धी साबधानी अपनाएर लिनुपर्ने अन्यथा स्वतः ग्रेडिङ गर्नु पर्ने। तर, १२ कक्षाको अनिवार्य परीक्षा गर्नु पर्ने।

३.बिश्वबिद्धालय का स्थगित गरिएका परिक्षाका सन्दर्भमा लकडाउन खोले लगत्तै लिने गरि तयारी गर्नु पर्ने।

४.सबैको पहुँचमा पुग्ने गरि अनलाइन कक्षा सञ्चालन गर्नु पर्ने त्यसका लागि नेपाल टेलिकम सँग समन्वय गरि डाटा र भ्वाइस कल निशुल्क ब्यबस्था गर्नु पर्ने ।

५.नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोले पछि शुरु गर्नु पर्ने ।

प्रतिकृया