• २१ भदौ २०८३, आइतबार
  • ५ः४६ बेलुका

हतियार देखाएर किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०४:४७

धनगढी, १७ वर्षीया किशोरीमाथि सामूहिक रुपमा बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ का २४ वर्षीय नरेश भट्ट, २१ वर्षीय अर्जुन साउद, २० वर्षीय निर्मल चौधरी र २० वर्षकै नरेश नेपाली छन् ।

National Life

प्रहरीका अनुसार उनीहरुले सोमबार साँझ गोरीगंगा–१ चनौरामा आफन्तको घरबाट फर्किरहेकी १७ वर्षीया युवतीमाथि सामूहिक रुपमा बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार चारै जनाले युवतीलाई धारिलो हतियार देखाएर ज्यान मार्ने धम्की दिइ बलात्कार गरेका थिए । उनीहरुले स्थानीय सडकबाट करिब १ मिटर भित्र झाडीमा लगेर युवतीमाथि बलात्कार गरेका जनाइएको छ ।

Classic Tech Desktop

प्रहरीले पक्राउ परेका ४ जनाको साथबाट हसिया र मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रतिकृया