• २१ भदौ २०८३, आइतबार
  • ५ः०५ बेलुका

फ्रान्समा मे ११ सम्म ‘लकडाउन’

प्रकाशित मिति

२०७७ बैशाख २ गते, मंगलवार ०५:४९

एजेन्सी , फ्रान्सले मे ११ सम्म लकडाउनको समय लम्ब्याएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को महिनासम्मका लागि लकडाउनको समय अवधि थप गरेका हुन्।

National Life

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यी नियमलाई सम्मान गरेमा मात्र कोभिड १९ विरुद्धको युद्ध जितिने बताएका हुन्। उनले नागरिकलाई लकडाउनको नियम पालना गरेमा नयाँ आशा देख्न सकिने भएपनि हाल भने कोरोना नियन्त्रणमा नरहेको बताए।

राष्ट्रपति म्याक्रोनले कोभिड १९ लाई जित्न फ्रान्ससँग पूर्वतयारी नभएको बताएका छन्। उनले अन्य देशहरुमा जस्तै फ्रान्ससँग पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव रहेकोे पनि बताएका छन्।

Classic Tech Desktop

राष्ट्रपति म्याक्रोनले मे महिनाको ११ तारिखपछि विद्यालयहरु खोल्न सकिने संकेत गरेका छन्। उनले फ्रान्सको सिमाना गैर(युरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जानकारी पनि दिए।

फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या करिब १४ हजार ९ सय ६७ पुगेको छ। हालसम्म फ्रान्समा करिब एक लाख ३६ हजार सात सय ७९ संक्रमित भएका छन्।

प्रतिकृया