• १७:४८ २०८० चैत्र १६ गते
  • 5:48 pm

स्नातक तहको परीक्षा पनि स्थगित

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०७:१७

tu exam controller balkhu

काठमाडौ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेसँगै त्रिभुवन विश्वविद्यालयले पनि स्नातक चौथो वर्षका सबै परीक्षा स्थगित गर्ने भएको छ । कोरोना भाइरसको त्रासका कारण विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको भन्दै स्नातक चौथो वर्षका परीक्षाको मिति सार्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको परीक्षा नियन्त्रक जोशीले जनाकारी दिए । स्नातक चौथो वर्षको परीक्षा वैशाख १६ देखि जेठ ५ गतेसम्म हुने तालिका सार्वजनिक भएको थियो । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले पनि कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै चैत २५ गते कक्ष ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।

प्रतिकृया