• २१ भदौ २०८३, आइतबार
  • ८ः५५ बिहान

प्रिमियर लिग खेलाडी कति आर्थिक सहयोग गर्ने भन्ने अन्यौल 

प्रकाशित मिति

२०७६ चैत्र २२ गते, शनिबार ०८:३४

 

National Life

काठमाडौं । इंग्लिश प्रिमियर लिग क्लबका कप्तानहरुबीच कोरोना भाइरसविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ । क्लबका कप्तानहरुबीच विगत केही दिनयता यस विषयमा छलफल भइरहेको हो । तर कति दिने भन्ने बारेमा अझै निर्णय भएको छैन ।

लिभरपुलका कप्तान जोर्डन हर्नान्डेसको अगुवाईमा भएको छलफल प्रिमियर लिग क्लबहरुले खेलाडीसँग ३० प्रतिशत पारिश्रमिक कटौतिको आग्रह गर्नु केही पूर्ण सकिएको थियो । लिगका सबै खेलाडीलाई क्लबहरुले पारिश्रमिक कटौतिका लागि आग्रह गरेका छन् । यो आग्रहसँगै खेलाडीहरु आफूहरु मर्कामा परेको बताएका छन् ।
खेलाडीहरुबीच पारिश्रमिक पूरै लिने र त्यस मध्ये केही अंश कोरोना भाइरस महामारीविरुद्धको अभियानका लागि प्रदान गर्नेबारे छलफल भइरहेको थियो । तर क्लबहरुले ३० प्रतिशत पारिश्रमिक नै कटौति गर्ने भनेपछि उनीहरुको यो योजना अन्यौलमा परेको छ ।

Classic Tech Desktop

प्रतिकृया