• २० भदौ २०८३, शनिबार
  • ५ः२० बेलुका

बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०७:२५

 

National Life

सर्लाही। आफ्नै बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा ससुरा सानुकान्छा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा दुप्चेश्वर गाउँपालिका कामचोक तिमाल बस्‍ने सानुकान्छा तामाङलाई पक्राउ गरेको हो । तामाङले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी विवादका क्रममा बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया