• १९ भदौ २०८३, शुक्रबार
  • १ः३२ दिउँसो

अझै एनसेलले १४ अर्ब ४० करोड कर तिर्न वाँकी

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०७:१३

 

काठमाडौं । एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा चार अर्ब ६० करोड रुपैयाँ कर बुझाएको छ । यो सँगै अब एनसेलले सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ कर बुझाउन वाँकी रहेको छ ।
पुँजीगत लाभकरका विषयमा विवाद पछि सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ अनुसार एनसेल सरकारलाई जम्मा २२ अर्ब ४५ करोड बुझाउनु पर्ने देखिएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले बताएका छन् । १५ प्रतिशतको ब्याजको हिसाव समेत गर्दा अब एनसेलले बुझाउनु पर्ने रकम १४ अर्ब ४० करोड पुगेको हो । ब्याज वाहेक अब एससेलसँग असुल गर्नुपर्ने रकम भने १३ अर्ब ३५ करोड भएको अधिकारीले जानकारी दिए ।

Kamana Sewa

‘फैसलापछि एनसेलले जम्मा ९ अर्ब १० करोड पुँजीगत लाभकर बुझाएको छ । उनले भने ‘ हामीले एकमुष्ठ बुझाउन भनेको थियौ ।’ त्यहि कारणले हामीले कर लिइरहेका थिएनौ ।’ अहिलेको विषम परिस्थितिमा सरकारी ढुकुटीमा राजश्व पुर्याउन सो रकम बुझेका हौं ।’ अब लकडाउन खुलेको १५ दिनभित्र एनसेललाई वाँकी कर चुक्ता गर्न भनिएको प्रमुख कर प्रशासक अधिकारीले बताए ।

Classic Tech Desktop

एनसेलले पुँजीगत लाभकरको विवाद बढ्दै जाँदा पटक पटक गरी अहिले करिब ३३ अर्ब रुपैयाँ बुझाएको बुझिएको छ । एनसेलले अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले हुने गरी २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो । सर्वोच्च अदालतले फैसलाको लगत्तै पछि एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको थियो । आर्थिकन्यूजबाट साहाभार

प्रतिकृया