मध्यपुर अस्पतालबाट शेयरबापत प्राप्त रकम संक्रमणबाट बच्न सहयोग गर्ने समाजसेवी दिपकको घोषणा
प्रकाशित मिति
२०७६ चैत्र ९ गते, आईतवार ०६:१६

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी दिपक डोटेलले आफ्नो शेयर रहेको मध्यपुर अस्पतालबाट शेयरबापत (कोरोना संक्रमित अवधिभर) प्राप्त हुने रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने समस्याको लागि सहयोग गर्ने घोषणा गरेका छन् ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणका कारण आम नेपाली मात्र नभई विश्व समुदाय नै एक ढिक्का हुन आवश्यको रहेको भन्दै उहाँले नेपालमा रहेका सरकारी अस्पताल मात्र नभई नीजि लगानीमा सञ्चालनमा रहेका अस्पताल तथा मेडिकल सेन्टरहरुले समेत संकटको बेला सरकारलाई साथ दिनु जरुरी रहेको बताएका छन्।

संकटको समयमा सरकारलाई हातमा हात, काँधमा काँध मिलाई संक्रमणको विरुद्धमा लाग्नपर्ने समयमा विभिन्न बहानामा कालोबजारी भएकोमा दुःख व्यक्त गर्दै स्वास्थ्य नै नरहे सम्पत्तीको कुनै अर्थ नरहेकोले सबै व्यक्ति संस्था तथा जिम्मेवार निकायले संकटको आगोमा घ्यु थप्ने नभई मानवताको भावनाबाट अघि बढ्न आग्रह गर्नुभयो ।
लामो समयसम्म सामाजिक क्षेत्रमा आफ्नो जीवन व्यतित गर्नुभएका समाजसेवी तथा नेता डोटेलले सडकमा रहेका मानिस तथा बालवालिकाको संरक्षण तथा संमद्र्धनमा समेत विशेष योगदान पुर्याउनु भएको छ । उहाँले हाल पनि ७ जना वालवालिकालाई निशुल्क रुपमा शिक्षा प्रदान गर्न सहयोग गरिरहनुभएको छ ।
आफ्नो स्थापनाको ९ वर्ष पुरा गरेको मध्यपुर अस्पतालमा १०० शैयाको बेड रहेकोमा हाल कोरोना भाइरस विरुद्धको तयारीको लागि १० बेडको व्यवस्थापन गरेको छ । त्यस्तै अस्पतालले वृद्धा, असहाय, सडक वालवालिकाको लागि पनि ८ वटा बेडको निशुल्क व्यवस्था गरेको छ भने वृद्धा, असहाय, सडक वालवालिकाको निशुल्क उपचार समेत गर्ने गरेको छन् ।



प्रतिकृया