नेपाल जुनसुकै बेला ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ: उपप्रधानमन्त्री पोखरेल
प्रकाशित मिति
२०७६ चैत्र ५ गते, बुधबार ०७:२०
काठमाडौं । सरकारका ‘सेकेण्डम्यान’ उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल जुनसुकै बेला ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ भन्ने कुरा उल्लेख गरेका छन् ।

रक्षामन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेल अहिले विश्वव्यापी फैलिएको महामारी कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् ।
फागुन १८ गतेको मन्त्रिपरिषद बैठकबाट नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरी त्यसको संयोजक पोखरेललाई बनाएर प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए ।

यसबीचमा पोखरेलले कोरोनाकेन्द्रित भएरै उच्चस्तरीय समन्वय समितिका बैठकहरु नियमित गर्दै पूर्वप्रधानमन्त्रीहरुसहितको सर्वदलीय बैठक राखेर महामारीविरुद्ध लड्न राष्ट्रिय संकल्प जुटाए ।
पछिल्ला दिनमा उनले उच्चस्तरीय समितिबाट कोरोना संक्रमणको जोखिमविरुद्ध मन्त्रालयगत कामहरुको निर्णय गराउँदै सरोकारवालाहरुसँग पनि निरन्तर छलफल गरिरहेका छन् ।अर्थतन्त्रमा भइरहेको जोखिममाथि पनि केन्द्रित भएका पोखरेलले प्रधानमन्त्री ओलीलाई नियमित रिपोर्टिङ पनि गरिरहेका छन् ।
नेतृत्वको परीक्षण र क्षमता संकटका बेलामा देखिने हो । पोखरेल यो बेला आफ्नो नेतृत्व क्षमता देखाउन खोजिरहेका छन् । यसबीचमा कुनै कमजोरी हुन नदिन भन्दै उनी साना–साना बैठक तथा परामर्शहरु समेत गरिरहेका छन् ।
सरकार उच्च महत्वका साथ यो महामारी भित्रिन नदिन लागेको छ भन्न चाहान्छु । संक्रमण आउनै नदिने हाम्रो मुख्य प्राथमिकता हो र यसमा जनताको साथ चाहिन्छ ।
चिकित्सकहरुले काठमाडौंका केही अस्पतालहरुमै नमूना संकलन केन्द्रको व्यवस्था गर्न र प्रदेशस्तरीय ल्याब तुरुन्त राख्न सुझाव दिएलगत्तै पोखरेलले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई बोलाएर सोहीबमोजिम काम गर्न निर्देशन दिए ।



प्रतिकृया