शनिबारसम्म दैनिक ८ घण्टा लोडसेडिङ हुने
प्रकाशित मिति
२०७६ चैत्र ५ गते, बुधबार ०७:५२

काठमाडौं । काठमाडौं केही स्थानमा २ दिनसम्म ७ घण्टासम्म लोडसेडिङ हुने भएको छ ।
ललितपुरका केही स्थानमा बिहीबार र शनिबार आठ घण्टा बत्ती जाने भएको छ।पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।
बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामी डाँडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली लगायतका स्थानमा बिद्युत कटौती हुनेछ ।
जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर स्तरोन्नति गरिरहेकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म बिद्युत नहुने विद्युत प्राधिकरणले जनाएको छ । यी स्थानमा शुक्रबारसम्म विद्युत कटौती हुनेछ ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया