• २१ भदौ २०८३, आइतबार
  • ५ः३७ बेलुका

तीन लाख भन्दा बढी नागरिकको सूचना चुहाएको भन्दै अस्ट्रेलियामा फेसबुकविरुद्ध मुद्दा

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ११:१४

एजेन्सी । अस्ट्रेलियाको गोपनियता नियामक निकायले तीन लाखभन्दा बढी नागरिकको निजी सूचना उनीहरुको जानकारी बिना राजनीतिक सल्लाहकार कम्पनी क्यान्ब्रिज एनालिटालाई दिएको आरोपमा फेसुबकविरुद्ध मुद्दा दायर गरेको छ ।

National Life

अस्ट्रेलियाली सूचना आयुक्त एन्जेलिन फोकले संघीय अदालतमा फेसबुकमाथि एक सर्भे ‘दिस इज योर डिजिटल लाइफ’बाट आफ्नो वेबसाइटमा राजनीतिक रुझान थाहा पाउनका लागि ३,११,१२७ प्रयोगकर्ताको सूचना खुलासा गरेर गोपनियताको कानून तोडेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘फेसबुकको यो माध्यमको डिजाइनको उद्देश्य प्रयोगकर्ताको उचित विकल्पको प्रयोग गर्ने र आफ्नो व्यक्तिगत जानकारीमाथि नियन्त्रण गर्न असमर्थ बनाउनु थियो ।’

Classic Tech Desktop

यो सवालमा गोपनियता कानूनको प्रत्येक उल्लंघनमा अधिकतम् १.७ मिलियन अष्ट्रेलियाली डलरसम्म जरिवाना हुनसक्छ । यदि अदालतमा ३,११,१२७ सवालमा हरेकका लागि अधिकतम् जरिवाना गरिएमा यो जरिवानाको आकार ५२९ अरब अस्ट्रेलियाली डलर हुनेछ ।

सन् २०१४ देखि २०१५ सम्म यसरी नै प्रयोगकर्ताको व्यक्तित्व प्रश्नोत्तरी सर्भेको कारण सुरु गरिएको जाँचपछि अमेरिकी संघीय व्यापार कमिशनले गत जुलाईमा फेसबुकमा रेकर्ड ५ अरब डलरको जरिवाना लगाएको थियो ।

प्रतिकृया